रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै


 


काठमाडौं, कार्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

पार्टी कार्यलय वनस्थलीमा बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलनमा छ । रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्