लडेर बेपत्ता भएका गाइडको शव फेला


 


पोखरा, कार्तिक २८ । नर्वेका नागरिकसँग मर्दी हिमाल चढ्न सहयोगीका रुपमा गएका बेला लडेर बेपत्ता भएका व्यक्तिको शव पेला परेको छ ।

शनिवार बेपत्ता भएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङको शव मंगलबार फेला परेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए ।

उनका अनुसार ५ हजार ३०० मिटर उचाइबाट खसेका लालबहादुर मर्दीको शव सात सय मिटर तल फेला परेको थियो ।

मंगलबार विहान हेलिकप्टरबाट रेकी गरेर शव रहेको स्थान फेला पारेको हो । उनको शव हेलिकप्टरबाट उद्दार गर्ने तयारी गरिएको छ ।

हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जनासहित उनीहरु हिमाल चढ्नलाई गत शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लागेका थिए ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्