दुईवटा संसदीय समितिको बैठक बस्दै


 


काठमाडौं, कार्तिक २८ । संघीय संसद अन्तर्गत आज (बुधबार) दुईवटा समितिको बैठक बस्दैछ ।

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ११ बजे सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्