कति छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं, कार्तिक २८ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा तोकेको छ ।
युरोपियन युरो १ को खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७२ रुपैयाँ ८६ र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा रहेको छ ।
क्यानडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार