शाहरुखलाई धम्क्याएको आरोपमा वकिल पक्राउ


 


एजेन्सी । बलिउड अभिनेता शाहरुखलाई धम्की दिने आरोपीलाई मुम्बईं प्रहरीले पक्राउ गरेको छ । छत्तीसगढबाट पक्राउ परेका ती व्यक्तिलाई सोधपुछ भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बर ५ मा बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिले फोन गरेर अभिनेता शाहरुखलाई ज्यान मार्ने धम्कीसँगै ५० लाख भारतीय रुपियाँ फिरौती मागेका थिए । त्यसपछि मुम्बईं पुलिस आरोपीको खोजीमा लागेको थियो ।

प्रहरीले छानबिनका क्रममा छत्तीसगढको रायपुरबाट फैजान नामका व्यक्तिको नम्बरबाट फोन गरेको खुलेपछि उनलाई त्यसको भोलिपल्ट मुम्बईंका तीन प्रहरी अधिकारी रायपुर पुगेर पक्राउ गरेका थिए । सोधपुछका क्रममा पेसाले वकिल रहेको बताउने फैजनले आफ्नो फोन २ नोभेम्बरमा चोरी भएको र आफूले रायपुर प्रहरी चौकीमा लिखित उजुरी दिएको बताएका छन् ।

केही समयअघि अभिनेता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्कीपछि बलिउडका अर्का खान शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्