कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ २७ कात्तिक। कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले पूर्व मन्त्री अधिकारी सहित अन्य ८ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान गरिरहेको छ ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।
प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार