मोर्चासँग सहमति बनेपछि निर्वाचनको मिति घोषणा हुन्छ-प्रधानमन्त्री


 


काठमान्डौ, माघ २६

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन । प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

मन्त्रिपरिषदबाट निर्णय गरेर निर्वाचन आयोगलाई पत्र लेख्नु भनेकै निर्वाचनको मिति तोक्नु सरह भएको बताउदै प्रधानमन्त्री दाहालल मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु पर्ने भएकाले प्राविधिक रुपमा गते नभनिएको बताए ।

सबै नेपाली जनताले बैशाख वा जेठमा निर्वाचन गर्ने सरकारको तयारीबारे जानकारी पाइसकेको दावी गर्दै दाहालले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । साथै दाहालले निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्