यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको शानदार जित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ।
पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो । २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गरेको थियो ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुईरदुई विकेट लिइन् ।
कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।
नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे ।
उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे ।
कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।
प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार