सहकारी ठगी प्रकरण : बयानका लागि रवि लामिछानेलाई लगियो भैरहवा


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि भैरहवा पुर्‍याइएको हो ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो ।

पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो । रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ ।

उनलाई सरकारी वकिल कार्यालय रूपन्देहीमा उपस्थित गराई बयान लिने प्रहरीको तयारी छ।

उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्