भोजपुरको अल्लोलार्इ बजार अभाव


 


भोजपुर, माघ २६
भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ्ग चौकीडाडाँका स्थानियले उत्पादन गरेको अल्लोको विभिन्न सामाग्रीले बजार नपाएको गुनासो गरेका छन् ।

भौगोलिक विकटताका बिच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामाग्रीहरु निमार्ण गरेतापनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

अल्लाको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने धुने लामो प्रकृयाबाट सामाग्री तयारी गर्नुपर्ने भएकोले लगानी धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङ्गले बताउनुभयो । उहाँले भन्नुभयो ब्याजमा ऋण काढेर सामान उत्पादन गछौं तर गाउँमा बजार छैन भोजपुर बजार पुग्न १ दिन हिडेर गाडी चढ्नुपर्छ” त्यो पनि उपभोक्ताले सस्तो मुल्यमा खोज्छन् ।

यता अल्लोको धागोबाट बुनेको कपडा राम्रो भएपनि ज्यादै महंगो भएको नेपाली सेनामा कार्यरत जुम्लाका योगेश राउतले बताउनुभयो ।

अल्लोको सामाग्री जिल्लामा केही कर्मचारीले मात्र खरिद गरेर आफ्नो व्यवसाय टिकाउन नसकिने व्यवसायी ढाका तथा अल्लो पसलका प्रोपाइटर मिना कटुवालको भनाई छ ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्