कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, कार्तिक २७ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरो १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा तोकिएको छ ।
यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिदर १७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिदर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार