एकादशीमा झापाका पाँच पालिकामा स्थानीय बिदा


 


झापा २६ कात्तिक । । हरिबोधिनी एकादशीका दिन झापाका पाँच वटा गाउँपालिकाले भोलि मङ्गलवार स्थानीय बिदा दिएका छन् ।

भद्रपुर, कचनकवल, हल्दिवारी, झापा र गौरीगञ्ज गाउँपालिकाले कार्तिक २७ मा स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् ।

हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्