विभिन्न मुलुकबाट प्राप्त सहायता रकम स्वीकृत गर्ने सरकारको निर्णय


 


काठमाडौँ २६ कात्तिक । सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट खपत भएको विद्युत् बक्यौता रकम १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् खपत भएको बक्यौता रकम मिटर समेतको आधारमा प्रचलित कानुन बमोजिम गणना गरी १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले विद्युत् आपूर्ति बन्द गर्दा अर्थतन्त्रमा प्रभाव परेकोले विद्युत् आपूर्ति बन्द गरिएका उद्योगहरूमा २४ घण्टाभित्र विद्युत् लाइन जडान गर्ने व्यवस्था मिलाउने जानकारी गराउनुभयो ।

यस्तै सञ्चार मन्त्री गुरुङले विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले भन्सार महशुल नियमावली २०८१, राहदानी दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने तथा विभिन्न मुलुकबाट प्राप्त सहायता रकम स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभ

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्