पाकिस्तानका मक्सुदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
काठमाडौं । जनकपुर बोल्ट्सले पाकिस्तानका सोहेब मक्सुदलाई टोलीमा अनुबन्ध गरेको छ।
जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ ।
एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपनि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।
मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई र २६ टी२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २७३ रन बनाउनुका साथै १२ विकेट लिएका छन् ।
मक्सुदले पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर कलन्दर्स र पेसार जाल्मी गरी चार टोलीबाट खेलिसकेका छन् ।
प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार