आज सुशील कोइरालाको प्रथम स्मृति दिवस


 


काठमान्डौ, माघ २६
नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृति दिवस नेपाली काँग्रेस र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गर्दैछ। कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिहरु लगायत नेता कार्यकर्ताको उपस्थिती रहने काँग्रेसले जनाएको छ ।

कोइरालाको ७७ वर्षको उमेरमा गत वर्ष आजकै दिन (माघ २६ गते) निधन भएको थियो।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्