मीनबहादुरको जग्गादानविरुद्धको मुद्दा न्यायाधीशद्धय सुवेदी र पाण्डेयको इजलासमा


 


काठमाडौं । नेकपा एमालेलाई व्यवसायी मिनबहादुर गुरूङले जग्गादान गरेको विषयमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको हो।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् । कात्तिक ८ गते पनि सुवेदीकै इजलासमा परेको थियो।

त्यतिबेला हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो। कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त इजलासले दुबै पक्षको बहस/छलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि एमाले कार्यालय बनाउन दिएको १० रोपनी जग्गा दानको हक हस्तान्‍तरण नगर्न/ नगराउन आदेश दिएको थियो।

इजलासले कात्तिक २६ गतेका लागि पेशी तोकेको थियो। सोमबार बसेको इजलासले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने विषयमा टुंगो लगाउनेछ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्