यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं, कात्तिक २६ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ ९ र बिक्री दर १७४ रुपैयाँ ८६ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा कायम भएको छ ।
क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार