अंशको निहुमा पिताको हत्या
बनेपा, २५ कात्तिक । काभ्रेको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले पिताको हत्या गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो।
रामलालले अंश नदिएको निहुँमा विवाद बढेपछि कात्तिक ८ गते राति ७४ वर्षीय पिता बलबहादुर श्रेष्ठको हत्या गरेका थिए। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा रामलालले कात्तिक ८ गते पिता बलबहादुरले भाइलाई समेत बोलाई अंश दिन्छु भन्ने विषयमा भनाभन परेपछि रामलालले बाबुको हत्या गरेको खुल्न आएको बताउनुभयो।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार