रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै


 


काठमाडौं, कार्तिक २५ । सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।

उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले बताएको छ ।

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्