माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, कार्तिक २५ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए ।
उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकसँग चुनावमा तालमेल गर्न सक्ने बताएको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार