यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक २५ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा तोकेको छ ।

युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

स्वीस फ्र्याङ्क १ को खरिददर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्