पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


 


काठमाडौं, कार्तिक २५ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । विभागले देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्