आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्छ: मुख्यमन्त्री सिंह


 


वीरगन्ज २४ कात्तिक । समृद्ध मधेस निर्माणका लागि वीरगञ्जमा पहिलो पटक नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ ।

वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा आयोजित नवउद्यमी सम्मेलनको आज कार्यक्रमबिच मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्घाटन गर्नुहुँदै प्रदेश सरकार नव–उद्यमशीलताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उहाँले सम्मेलन मधेस प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने बताउँदै आफू पनि राजनीति छोडेपछि केही गर्न सकिन्छ कि भन्ने सोच राखेर सिक्न आएको बताउनुभयो ।

परम्परागत शिक्षाले उद्यमशीलताको विकास नहुने भन्दै मुख्यमन्त्री सिंहले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएका र महिलाहरू घरमै बसेर समय खेर फालिरहेको बताउँदै उहाँले त्यस्ता महिलाहरूका लागि उद्यमशीलताको विकास गर्न विशेष रुपमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले मधेस सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशीलताका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट बिनियोजन गरेको जानकारी दिँदै वीरगञ्जमा आइटी पार्कको लागि पनि बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्