यी चार प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौं, कार्तिक २४ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।
अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार