सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाको संसदीय समितिमा सुनुवाइ जारी


 


काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चको न्यायाधीशमा न्याय परिषद्बाट सिफारिस निरौलाको संसदीय सुनुवाइ सुरु भएको हो । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा निरौलाको सुनुवाइ भइरहेको छ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो ।

निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा दुईवटा उजुरी परेका छन् ।

निरौलापछि शुक्रबार नै सर्वोच्चको न्यायाधीशमा सिफारिस नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्