मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
प्युठान । मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ।
प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले ठक्कर दिँदा प्युठानको मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए
घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार