रास्वपाले केन्द्रीय समिति बैठक बोलायो


 


काठमाडौँ, कार्तिक २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान भएको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्