बस र ईभी जुध्दा चार जनाको मृत्यु, ६ घाइते


 


चितवन, कार्तिक २३ । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको बस र ईभी जुझ्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ईभी र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा ईभीमा सवार चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुष रहेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्