१३ वटा निर्माण व्यवसायी ताथ आपूर्ति कम्पनी कालोसूचीमा


 


काठमाडौं, कार्तिक २३ । सरकारले विभिन्न १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद कार्यालयले विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठेकदार कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

कालोसूचीमा परेकाहरूले एक वर्ष, दुई वर्ष, ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेहरुमा ६ वटा निर्माण व्यवसायीलाई सडक विभागसँग सम्बन्धीत काम नगरेका रहेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्