बन्चरो प्रहार गरेर श्रीमतीको हत्या
तनहुँ, कार्तिक २३ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले बञ्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् ।
श्रेष्ठले बिहीबार बञ्चरोले हानेर ३९ वर्षीय प्रतिक्षा श्रेष्ठको हत्या गरेका हुन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले ओमनारायणलाई नियन्त्रणमा लिएको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार