करेन्ट लागेर मकवानपुरमा सैनिकको मृत्यु
हेटौंडा २२ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर एकजना सैनिकको मृत्यु भएको छ ।
डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दियाल सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत थिए ।
बेसक्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन लाइनको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बेस क्याम्पमै कार्यरत डडेलधुरा अमरगढी नगरपालिका–२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार