बम आक्रमणमा परी गभर्नरको मृत्यु


 


एजेन्सी, माघ २५

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एकजना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिबानी लडाकुहरुले जिम्मेवारी लिएका छन् । तालिबानी लडाकुहरुको आक्रमणमा परी वर्ष सन् २०१५ मामात्रै अफगानिस्तानमा ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्