धनगढीबाट तीनजना फरार प्रतिवादी पक्राउ
धनगढी । धनगढीबाट तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाल यौन दुर्व्यवहार मुद्दामा १५ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय हरिश कार्की रहेका छन् ।
यस्तै लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–४ बस्र्ने २५ वर्षीय सुवास थापामगर र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकिएको धनगढी उपमहानगरपालिका–१४ बस्ने ४३ वर्षीय शंकर प्रसाद शर्मालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार