आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्दैन : पूर्वमन्त्री श्रेष्ठ


 


स्याङ्जा, कार्तिक २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ को आयोजनामा वालिङमा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् । नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताए । त्यसका लागि उनले तयारीमा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।

पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्