बागलुङको निरयघाटमा २४ वर्षपछि हरिबोधनी मेला लाग्ने


 


काठमाडौं, कार्तिक २२ । कालीगण्डकी किनार निरयघाटमा यही कात्तिक २७ गते हरिबोधनी एकादशी मेला आयोजना गरिने भएको छ । मेला २४ वर्षपछि गर्न थालिएको छ ।

कालिगण्डकीमा तोरण तार्ने, भजन किर्तन गर्ने र गण्डकी पुजन गर्ने परम्परा हराएको भन्दै २४ वर्ष यता मेला आयोजना गर्न थालिएको हो ।

यस वर्षको हरिबोधनी एकादशी मेला सञ्चालन गर्नका लागि हरि बोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ ।

कात्तिक २७ गते कालिगण्डकी किनार निरयघाटमा हरि बोधनी एकादशी मेला करिब २४ वर्षपछि आयोजना गर्न लागिएको पत्रकार सम्मेलन आज जानकारी गराइएको छ । मेलामा बाबियो र कुशबाट बनाइने १०८ मिटर लामो तोरण तारिने छ ।

विसं २०५७ सालमा जिल्ला प्रशासनलेनै मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न नसकेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । मेलाको अवसरमा कालिगण्डकी पुजन, कालिगण्डकी सरसफाई र दिप समेत प्रज्ज्वलन गरिने छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्