चाँदी मिश्रित नक्कली नोटसहित सुन व्यवसायी पक्राउ
काठमाडौं । नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न स्थानहरूमा नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्यविनायक ८ सिपाडोलस्थित इन्द्र ज्वेलर्स सुन चाँदी पसलका संञ्चालक सोहिल शाक्य रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरूसहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार एक सय १३ थान र ५ सय दरका २८ थान नोटहरु बरामद भएका छन्।
प्रहरीका अनुसार तिहारमा शाक्यले चाँदीको नोट विक्रीमा भन्दै सामाजिक सन्जालमा विज्ञापन गरेका थिए।
प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार