टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता


 


काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ।

सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्दै टिकटक नेपालमा दर्ता भएको हो ।

सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो ।

त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

त्यसपछि सरकार र टिकटकबीच वार्ता भएर गत १९ भदौदेखि प्रतिबन्ध हटेको थियो ।

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्