काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै
काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइने भएको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।
महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।
यस वर्षको छठको मुख्य दिन बिहीबार परेको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार