अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक गणनामा ट्रम्प अगाडि


 


वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

मतदान मंगलबार सम्पन्न भएपछि केही राज्यमा नतिजा आउन पनि थालेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि छन् ।

उनले १० राज्यमा जित हासिल गरेका छन् । छवटा राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस विजयी भएकी छन् ।

ट्रम्पले इन्डियाना र केन्टकीमा जित हासिल गरेका छन् । जबकि उनका प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस भर्मन्टमा विजयी भएकी छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्