कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, कार्तिक २१ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिदर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ २० पैसा रहेको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार