एमालेले बोलायो सचिवालय बैठक


 


ललितपुर, कात्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ । स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न कात्तिक २४ गते सचिवालय बैठक बोलाएको प्रचार विभागले नाएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचन तयारीबारे छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । स्थानीय तह उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ ।

स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेसँगै एमालेले निर्वाचन तयारी तथा उम्मेदवारको टुङ्गो लगाउन सचिवालय बैठक बोलाएको हो ।

एनका अनुसार एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्