उत्तर कोरियामा जनतामाथि भइरहेको निरंकुश शासनको विरोधमा फोटो प्रदर्शनी


 


काठमाडौं,माघ २५

उत्तर कोरियामा सर्वसाधारण जनतामाथि भइरहेको निरंकुश शासनसत्ताका विभिन्न क्रियाकलाप झल्कने फोटो तथा कार्टुनको प्रदर्शनी गरिएको छ । शुक्रबार र शनिबार ललितपुरको पाटनढोका र लगनखेलको बसपार्कमा यस्तो प्रदर्शनी गरिएको हो ।

ग्रामीण क्लब हाउस इटहरी, एसिया एम फोरम र सेन्टर फर लिबर्टी एन्ड युनिफिकेसनको संयुक्त आयोजनामा भएको उक्त फोटो प्रदर्शनीमा चारजना नेपाली युवा कलाकारहरूको कार्टुन र विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएका तस्बिरहरू संलग्न छन् ।

ग्रामीण क्लब अध्यक्ष मुकुन्द सुवेदीको नेतृत्वमा भएको उक्त प्रदर्शनीमा अधिकारकर्मी पोष्टबहादुर बुढा, गालुकुमारी आले (कविता), युवा कलाकार परशुनारायण बुढा र पार्वती आलेलगायतले उत्तर कोरियामा मानवअधिकार तथा महिला अधिकार उल्लंघन भइरहेकाले कडा शब्दमा विरोध गरे ।

सो फोटो प्रदर्शनीले उत्तर कोरियाली सरकारले गरेको ज्यादतीको बारेमा नेपाली सर्वसाधारणलाई जानकारीसमेत भएको सुवेदीले बताए ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्