निषेधित क्षेत्र तोड्न खोजेपछि रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरामा प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरू भने प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।
लामिछाने गत कात्तिक ३ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार