भैलो खेलिरहेको स्थानमा बस गुड्दा दुई जनाको मृत्यु, ३५ घाइते


 


अर्घाखाँची, कार्तिक २० । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भैलो खेलिरहेको स्थानमा अचानक बस गुड्दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा बेलुका अन्दाजी ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो ।

भैलो खेलिरहेको स्थानमा भैलो लिएर गएको बसको ब्रेक फेल भएपछि बस मानिसलाई ठक्कर दिँदै अगाडि बढेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबांगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै मृत्यु भएको थियो भने २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्घाखाँची प्रहरी प्रमुख डीएसपी मल्लले बताए ।

गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ धने २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

सोही घटनामा एउटा बोलेरो गाडी, एकवटा ट्याक्सी र एक वटा मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्