अमेरिकामा आज राष्ट्रपति निर्वाचन, ट्रम्प र ह्यारिस भिड्दै


 


काठमाडौं । अमेरिकामा आज नोभेम्बर ५ तारिखमा राष्ट्रपति निर्वाचन हुँदैछ ।

निर्वाचनमा पूर्वराष्ट्रपति रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्य्राटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन् । उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

एसिया–अफ्रिकी मूलकी महिला ह्यारिसले चुनाव जिते अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्दै इतिहास रचिने छ ।

आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा अन्तिम चुनावी प्रचार गरेका थिए ।

यस निर्वाचनबारे भएका केही सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस थोरै अघि देखिएकी छन् ।

यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् ।

अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् ।

संसारकै महाशक्ति राष्ट्र मानिने अमेरिकाको निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्