यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, कार्तिक २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ५ पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ सात पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्