सुनको भाउमा भारी वृद्धि, आज पनि बढ्यो सुनको भाउ


 


काठमाण्डौ,माघ २५
आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ४ सय रहेकोमा आज एकैदिन प्रतितोलामा ४ सयले बढेर ५५ हजार ८ सयमा मा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला ८ सय १० रूपैयाँ रहेकोमा आज प्रतितोलामा ५ रुपैयाँले बढेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्