हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना


 


काठमाडौँ, कात्तिक १९ । हाल देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगालमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।

जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमतापको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्