आज देशैभर एकसाथ राप्रपाको जिल्ला अधिवेशन हुँदै


 


काठमाण्डौ, माघ २५

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट ७५ वटै जिल्लाका अध्यक्षसहित कार्यसमिति चयन हुनेछ।

देशभर रहेका २४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको थियो। आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नवनिर्वाचित कार्यसमितिको बैठकले महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते काठमाडौंमा एकीकरण भएपछि महाधिवेशन हुन लागेको हो।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्