मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभसाइतमा बहिनीहरूबाट भाइटीका ग्रहण गरेका छन् । झापा गौरदह तीनस्थिति निवासमा बहिनीहरूबाट उनले टीका ग्रहण गरेका हुन् ।
बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दीपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका थिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् ।
मुख्यमन्त्री कार्कीले टीका ग्रहणसँगै नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए ।
नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वले पहिचानलाई स्थापित गर्ने बताउँदै उनले यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।
प्रकाशित मिति: १८ कार्तिक २०८१, आइतबार